फिल्मी फण्डा– रणवीर कपुर र रश्मिका मन्दाना स्टारर प्रतीक्षित बलिउड फिल्म ‘एनिमल’को टिजर सार्वजनिक भएको छ । रणवीर पहिलोपटक भिन्न अवतारमा प्रस्तुत भएका छन् । अनिल कपुरले उनका पिताको भूमिका निर्वाह गरेका छन् ।
टिजरमा बाबुछोराको नोकझोंक देख्न सकिन्छ । यी दुईबीचको भिडन्तको कारण के हो, यसको पछाडि कुनै इतिहास छ ? टिजरमा यही देखाउने प्रयास गरिएको छ ।
फिल्ममा रश्मिका पनि शीर्ष भूमिकामा छिन् । टिजर उनी र रणवीरको दृश्यबाट सुरु हुन्छ । टिजरको अन्त्यमा बबी देओल ‘इन्टेन्स लुक’मा देखिएका छन् । फिल्ममा बबीले खलनायकको भूमिका निर्वाह गरेका छन् । फिल्मका निर्माता भूषण कुमार हुन् ।