‘झिंगे दाउ २’को मार्मिक गीत ‘आमा भए पो स्वर्ग हुन्छ घर’ सार्वजनिक

फिल्मी फण्डा । फिल्म ‘झिंगे दाउ २’को नयाँ गीत ‘आमा भए पो स्वर्ग हुन्छ घर’ सार्वजनिक गरिएको छ । असोज २ गतेदेखि प्रदर्शनमा आएको फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेका बेला निर्माणपक्षले एक सातापछि नयाँ गीत सार्वजनिक गरेको हो ।

कुशल बेलबासेको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ । मार्मिक शैलीको गीतमा घरमा आमाको उपस्थितिले ल्याउने खुसी र आमा नहुँदाको पीडालाई प्रस्तुत गरिएको छ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंहलगायतका कलाकारको अभिनय छ ।

कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपाल प्रा.लिको ब्यानरमा निर्माण भएको फिल्ममा सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी तथा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता छन् ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन छ । विष्णु घिमिरे ‘कल्पित’को छायांकन, मित्र डी गुरुङको सम्पादन र रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको छ ।

फिल्मले प्रदर्शनको क्रममा दर्शकबाट पाएको प्रतिक्रियापछि सार्वजनिक गरिएको यो गीतले कथाको भावनात्मक पक्षलाई थप प्रस्ट पार्ने निर्माणपक्षको अपेक्षा छ ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech