फिल्मी फण्डा । भदौ १९ गते प्रदर्शनमा आउने नेपाली फिल्म ‘ककाकिकी’ को पहिलो झलक सार्वजनिक गरिएको छ। माया इन्टरटेन्मेन्ट को प्रस्तुति तथा ‘कमेडी दरबार’ टिमको निर्माण रहेको फिल्मको झलकमा ‘कुलेबारी’ गाउँको विकासका लागि पात्रहरू योजनाबद्ध रूपमा जुटेको देखाइएको छ।
फिल्ममा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, दिया मास्के, प्रकाश घिमिरे, शिशिर वाङ्देल, सुवास गजुरेल, रेअर राई, खड्गबहादुर पुन मगर (खबपु), पवन खतिवडा (म्याकुरी), माउत्से गुरुङ, मनोज गजुरेल, मुकुन्द मैनाली, रामबाबु रेग्मी, सिडी विजय अधिकारी, सरोज भण्डारी, सुजना श्रेष्ठ, विश्वास तिमल्सिना (बिटी कान्छा), एलिसा भोग, सुवर्ण थापा र कमल देवकोटा लगायतको अभिनय रहेको छ।
बिक्की अग्रवाल र श्रद्धा प्रसाईं को निर्देशन रहेको फिल्मको लेखन बिक्की अग्रवाल, सरोज भण्डारी र विकाश आर्याल ले गरेका हुन्। निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा रहेको फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटल र अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज इन्टरनेसनल सँग रहेको छ।