संघर्ष र यथार्थको कथा बोकेको ‘भागदौड’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘भागदौड’ को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत दुई मिनेट लामो ट्रेलर सार्वजनिक गरेको हो।

ट्रेलरले दैनिक जीवनको संघर्ष, दौडधुप, लोभ, लालच, ठगी र नैतिक द्वन्द्वलाई केन्द्रमा राखेको छ। मुख्य भूमिकामा रहेका विशाल पोखरेल नेपाल प्रहरीको भूमिकामा देखिएका छन्। उनीसँगै अनीशा श्रेष्ठ, घनश्याम जोशी, सारा राई, शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर महर्जन र सुभाष तिमिल्सिना को अभिनय रहेको छ।

हिमाल उप्रेती को लेखन तथा निर्देशन रहेको चलचित्रका प्रस्तुतकर्ता विश्वराम विष्ट हुन्। अंगिरा थापा कार्यकारी निर्माता तथा भूपेन्द्र कुमार खड्का, सागर पुरी र सुरेश गिरी सह–निर्माता रहेका छन्। दीपक बज्राचार्य को छायांकन, प्रवीण ढकाल को सम्पादन तथा वसन्त सापकोटा र प्रकाश नेपाली को संगीत रहेको चलचित्र असार २६ गते देशभर प्रदर्शनमा आउनेछ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech