‘सिंघम अगेन’को छायांकन सुरु

फिल्मी फण्डा । ‘सिंघम अगेन’को छायांकन सुरु भएको छ ।अजय देवगणको शीर्ष भूमिका रहने फिल्म  निर्माण  हुनु लागेको हो।  फिल्मको मुहूर्तमा निर्देशक रोहित शेट्टी, अजय र रणवीर सिंह उपस्थित थिए । रोहित शेट्टीको कप युनिभर्समा यो पाँचौं फिल्म हुनेछ ।

फिल्मका शीर्ष अभिनेता देवगणले सामाजिक सञ्जालमा लेखेका छन्, ‘१२ वर्षअघि हामीले भारतीय सिनेमालाई सबैभन्दा ठूलो कप-युनिभर्स दियौं । तपाईंहरुको माया र साथले सिंघम परिवार ठूलो हुँदै गयो । आज हामी सिंघम अगेनसँग हाम्रो फ्रेन्चाइजीलाई अगाडि बढाउँदैछौं ।’

‘सूर्यवंशी’ अभिनेता अक्षय कुमारले लेखेका छन्, ‘म अहिले देशमा छैन । यो फ्रेममा नपरे पनि मेरो उत्साहमा कमी आएको छैन । सेटमा तपाईंहरू सबैसँग सामेल हुन धेरै उत्साहित छु । सबैलाई मेरो शुभकामना । जय महाकाल ।’

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech