रसल ब्रान्डमाथि बलात्कार र यौन दुर्व्यवहारको आरोप

फिल्मी फण्डा ।  रसल ब्रान्डमाथि बलात्कार, यौन दुर्व्यवहार र भावनात्मक शोषण गरेको आरोप लागेको छ । ब्रान्डले चर्चाको शिखरमा रहेको सात वर्षमा यी अपराधहरु गरेको आरोप लगाइएको हो ।  चार जना महिलाले ब्रान्डमाथि सन् २००६ र २०१३ को बीचमा यौन दुर्व्यवहारको आरोप लगाएका छन् ।  ब्रान्डले भने आफूमाथि लगाइएको सबै आरोपलाई खण्डन गर्दै आफ्नो सम्बन्ध जहिले पनि सहमतिमा भएको जिकिर गरेका छन् ।

यसबारेको रिपोर्ट सन्डे टाइम्समा प्रकाशित भएको थियो भने च्यानल फोरले रसल ब्रान्ड – इन प्लेन साइट नामक वृत्तचित्र शनिबार प्रकाशित गरेको थियो ।

एक महिलाले ब्रान्डले उनलाई लज एन्जलिसको घरमा बलात्कार गरेको आरोप लगाएकी छन् । दोस्रो महिलाले ब्रान्डले उनलाई १६ वर्षको उमेरमा दुर्व्यवहार गरेको बताएकी छन् । 

अर्की महिलाले ब्रान्डसँग काम गर्दा उनले लस एन्जलिसमा यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । चौथी महिलाले पनि ब्रान्डले यौन दुर्व्यवहार र शोषण गरेको आरोप लगाएकी छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech