‘जवान’ पाँचौं दिनमा तीन सय करोड क्लबमा सामेल

फिल्मी फण्डा । शाहरुख खानको फिल्म जवान ३०० करोड क्लबमा सामेल भएको छ। एट्ली निर्देशित ‘जवान’ पहिलो दिनमा सबैभन्दा धेरै कमाउने हिन्दी फिल्म बन्यो। ‘जवान’ले ७५ करोड कमाएको थियो। फिल्मले चार दिनमा २ सय ८७ करोड रुपैयाँ कमायो।

जवानले पाँचौं दिन ३०० करोड कमाएको छ। यसरी फिल्मको कुल कमाइ ३१६.१६ करोड पुगेको छ। फिल्म ‘जवान’ गौरी खान र शाहरुखको कम्पनी रेड चिलिज इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो।

‘जवान’मा शाहरुख खानसँगै नयनतारा, विजय सेतुपति, प्रियमणी, सान्या मल्होत्रा, सुनील ग्रोवर र रिद्धि डोग्रा पनि छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech