फिल्म ‘आ बाट आमा’ को माल्टा प्रदर्शन अधिकार बिक्री

फिल्मी फण्डा। नेपाली फिल्म ‘आ बाट आमा’को पोस्टर तथा गीत रिलिजपछि चर्चामा छ। आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको यो फिल्मको गीतलाई दर्शकले मन पराएपछि विदेशमा समेत फिल्मको प्रदर्शन अधिकार विक्री हुन थालेको छ।

परदेशिएका नेपालीहरुको कथासँग जोडिएको यो फिल्मको प्रदर्शन अधिकार धमाधम विक्री हुन थालेको हो। हालै यस फिल्मको प्रदर्शन अधिकार माल्टा समेत भएको छ। हालै निर्माण टिम र माल्टाका वितरक सुवास ढकाल र विकाश ढुङ्गानाबीच माल्टामा प्रदर्शनका लागि सम्झौता गरेका छन्। त्यहाँ रहेका नेपालीहरुका लागि माल्टाका लागि फिल्म वितरण गर्दै आएका द्धय ढकाल र ढुङ्गानाले फिल्मलाई खरिद गरेका हुन्।

यस फिल्मका निर्देशक चन्द्र पन्तले फिल्म ‘आ बाट आमा’माल्टामा प्रदर्शन अधिकार बिक्री गरेको बताए। ‘हाम्रो फिल्म माल्टाका लागि प्रदर्शन अधिकार बिक्री गरेका हौँ,’उनले भने,‘राम्रै रकममा बिक्री गरेका हौँ।’
विदेशमा आफ्नो फिल्मको उच्च माग हुन थालेपछि निर्देशक पन्त दंग परेका छन्। आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको यसमा विपना थापा,पल शाह,प्रदीप रावत,उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ।

निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको यस फिल्ममा संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको छ। साथै फिल्मको गीतको भिडियोमा कोरियोग्राफी गंभीर बिष्ट र दिलिप ओखेडाले गरेका छन्। नवराज उप्रेतीको डिओपी रहेको यस फिल्ममा अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन्। फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने करण सिंह रसाली कार्यकारी निर्माता रहेका छन्।

फिल्मको सम्पादनको काम मिलन श्रेष्ठको छ भने ट्रेलर र टिजर साहिल खानले निर्माण गरेका छन्।नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले गर्दैछ भने डिजिटल अधिकार ओएसआर डिजिटलको हातमा रहेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech