तमिल अभिनेता तथा निर्देशक जी मारिमुथुको निधन

एजेन्सी । दक्षिण भारतीय फिल्मका लोकप्रिय तमिल अभिनेता तथा निर्देशक जी मारिमुथुको ५८ वर्षको उमेरमा निधन भएको छ ।

मिडिया रिपोर्टहरूका अनुसार जी मारिमुथु चेन्नईमा आफ्नो टिभी सिरियल 'इथिर्नीचल' को लागि स्टुडियोमा डब गर्दै थिए। त्यसपछि बिहान साढे आठ बजे अचानक उनलाई हृदयघात भयो । उनलाई चेन्नईको नजिकैको अस्पतालमा लगियो, जहाँ उनलाई मृत घोषित गरियो।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech