तक्मेको निर्देशनमा बनेको फिल्म ‘मैझारो’को ट्रेलरमा धिरज पाउन मिरुनाको संघर्ष

फिल्मी फण्डा। विल्सन बिक्रम राई (तक्मेबुढा)को लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘मैझारो’को ट्रेलर रिलिज भएको छ। निर्माण टिमले फिल्मको मंगलबार फिल्मको ट्रेलर रिलिज गरेको हो।

तीन मिनेट ४९ सेकेण्डको ट्रेलरमा आफ्नो प्रेमको लागि गरेको संघर्ष र त्यसपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकार धिरज मगर,मिरुना मगर,दिया पुनदेखि दयाहाङ राईसम्म देखिएका छन्। जसमा निर्देशक विल्सन आफैले अभिनयमा देखिन्छन्।

ट्रेलर रिलिज अघि निर्माण टिमले दुई वटा गीत रिलिज गरिसकेको छ। एउटा लभ सङ रहेको थियो भने अर्को पुर्वतिर खुबै नाचिने नाच साकेला थियो। यतिबेला यसले निकै हाइप लिइरहेको छ।

निर्देशक राईकै कथा रहेको यो फिल्ममा पुर्वको इलाम पाँचथर आसपासमा खिचिएको हो। तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको यो फिल्ममा धिरज,मिरुनाका साथमा दिया पुन,बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ।

यो फिल्मका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले  संगीत भरेका छन्। गायनमा राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको रहेको छ।सौरभ लामाले छायांकन गरेको यास फिल्मको वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ। डिजिटल अधिकार भने ओएसआरले लिएको छ।

यो फिल्म तिहारको भाइटीका अर्थात कातिक ७ गतेबाट अल नेपाल रिलिज हुँदैछ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech