‘जवान’ काे पहिलो दिनकाे कमाई ६५.५० करोड भारु

मुम्बई ।  शाहरुख खानको नयाँ चलचित्र ‘जवान’ ले पहिलो दिनमा नै रेकर्ड कमाई गरेको छ ।  बलिउडकाे रिपोर्टअनुसार जवानले घरेलु बक्स अफिसमा ६५.५० करोड भारुको कमाई गरेको छ । 

यसअघि शाहरुखको पठानले पहिलो दिनमा ५७ करोड भारु कमाएको थियो भने ५ सय करोड क्लबमा प्रवेश गरेको हालैको चलचित्र गदर–२ ले ४०.१० करोड भारु कमाएको थियो ।

यो वर्ष आदिपुरुषले पहिलो दिनमा ३६ करोड भारु कमाएको थियो भने सलमान खानको किसीका भाइ किसी कि जानले १५.१८ करोडको ओपनिङ गरेको थियो ।

जवानले भोला, रकी ओर रानीकी प्रेम कहानी, ड्रिम गर्ल २ र ओएमजी २ जस्ता चलचित्रलाई पूरै छायामा पार्न सफल भएको छ । 

एट्लीद्वारा निर्देशित चलचित्रमा शाहरुखसँगै नयनतारा, विजय सेथुपतिलगायतको प्रमुख भूमिका रहेको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech