‘जवान’ काे सफलताको श्रेय अभिनेता शाहरुख खानलाई

मुम्बई । अभिनेता शाहरुख खान र अभिनेत्री नयनतारा अभिनीत फिल्म ‘जवान’ले पहिलो दिनमा सबैभन्दा धेरै कमाउने फिल्मको यस अघिको रेकर्ड समेत तोडेको छ । 

बिहीबार मुम्बईमा आयोजित एक कार्यक्रममा बोल्दै फिल्मका निर्देशक एटलीले  ‘जवान’को सफलताका श्रेय शाहरुख खान र फिल्मलाई माया गर्ने दर्शकहरूलाई धन्यवाद ।’ भन्दै सफलताको श्रेय दर्शक र अभिनेता शाहरुखलाई दिएका छन् । उनले हर कुनै व्यक्तिले शाहरुख खानलाई माया गर्ने समेत बताए ।

फिल्ममा शाहरुख खानको अलवा नयनतारा, विजय सेतुपति र रिद्धि डोगराको भूमिका छ । दीपिका पादुकोण पनि फिल्ममा अतिथि भूमिकामा देखिएकी छन् । ‘जवान’ ७ सेप्टेम्बर रिलिज भएको हो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech