मुम्बई । श्रीलंकाली महान् स्पीनर मुथैया मुरलीधरनको जीवनीमा आधारित चलचित्र ‘८००’ को ट्रेलिर रिलिज भएको छ । चलचित्रको ट्रेलर मुम्बईमा आयोजित एक कार्यक्रमबीच सचिन तेन्दुल्करले लञ्च गरेका हुन् ।
चलचित्रमा मुरलीधरनको भूमिका अभिनेता मधुर मित्तलले निभाएका छन् । मधुर यसअघि ओस्कर विजेता चलचित्र ‘स्लमडग मिलेनियर’ को हिस्सा रहेका थिए । त्यसमा उनले सलीम मलिकको भूमिका निभाएका थिए । ‘८००’ को पटकथा तथा निर्देशन श्रीपतिले गरेका हुन् । यो तमिल, तेलुगु र हिन्दी भाषामा रिलिज हुनेछ । निर्माताले चलचित्रको रिलिज मिति भने घोषणा गरेका छैनन् ।