तीन दिनमा तोडयो हाउसफूलः५ ले १० बलिउड फिल्मको रेकर्ड

फिल्मी फण्डा। बलिउड सुपरस्टार अक्षय कुमारको मल्टिस्टार कमेडी फिल्म ‘हाउसफुल ५’ हलमा रिलिज भएको चार दिन भइसकेको छ । यो फिल्मले हलमा निरन्तर ठुलो कमाई गरिरहेको छ । फिल्मको तेस्रो दिनको बक्स अफिस रिपोर्ट आउँदा नै यसले तरङ्ग मच्चाउन सफल भएको छ ।

रिलिजको तेस्रो दिनमा नै  ‘हाउसफुल ५’ ले कमाईको मामिलामा अजय देवगनको ‘रेड’ मात्र नभई सलमान खानको ‘सिकंदर’लाई पनि पछाडि छाडिसकेको यस बाहेक अन्य ८ चलचित्रको रेकर्ड पनि तोडि दिएको छ । 

अक्षय कुमारको कमेडी फ्रेन्चाइजी फिल्म ‘हाउसफुल ५’ ले ओपनिङको दिनमा उत्कृष्ट सुरुवात गरेको थियो र यो फिल्म लामो दूरीको घोडा हो भन्ने प्रमाणित गरिसकेको छ । सैकनिल्कको रिपोर्ट अनुसार यो फिल्मले ओपनिंग दिनमा २४ करोडको उत्कृष्ट कलेक्सन गरेको थियो भने फिल्मले शनिबार अर्थात दोस्रो दिन ३१ करोड रुपैयाँ कमाएको थियो भने आइतबार तेस्रो दिन फिल्मले ३२ करोड रुपैयाँ कमाएर नयाँ रेकर्ड बनाएको हो ।

र,  ‘हाउसफुल ५’ ले रिलिज भएको चार दिनमै ठूलो कमाई गर्दै सय करोडको नघाएको छ । तीन दिनमा मात्रै यसको कुल कलेक्सन ८७ करोड पुगेको पनि थियो ।  साथै, ‘हाउसफुल ५’ यो वर्ष २०२५ को तेस्रो धेरै कमाउने फिल्म बनिसकेको छ। यसअघि  ‘छाव’ र ‘सिकन्दर’ सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेका थिए र, तेस्रो दिनमा ‘हाउसफुल ५’ ले कमाईका साथ ‘सिकन्दर’लाई पछाडि नै छोडेको छ । यस बाहेक यसले मालेगाउँको सुपर ब्वाईज, इमर्जेन्सी, केसरी च्याप्टर २, स्काई फोर्स, जाट, फतेह, रेड २, देवा र द भूतनीको पनि रेकर्ड तोडिसकेको छ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech