'गदर २'ले तोड्यो 'केजीएफ २'को रेकर्ड

फिल्मी फण्डा । 'गदर २' ले भारतीय बक्स अफिसमा कीर्तिमानी कमाइ जारी राखेको छ । फिल्मले हिन्दी भाषामा तेस्रो सबैभन्दा धेरै कमाउने फिल्म 'केजीएफ २'को रेकर्ड तोडेको छ । लाइफ टाइम कलेक्सन ४३५ करोड रहेको केजीएफ २ लाई गदर २ दे १६ दिनमै पछि पारेको हो । फिल्म गदर २ ले तेस्रो हप्तामा आइपुग्दा गत शुक्रबार बाट प्रदर्शनमा आएको फिल्म 'ड्रिम गर्ल २' सँग कडा प्रतिस्पर्धाको बिच पनि 'बाहुवली २' पछिकै उत्कृष्ट ब्यापार गरेको छ । गदर २ ले शनिवार सम्म आइपुग्दा ४३९.९५ करोडको नेट कलेक्सन गरेको छ । 

अब गदर २ भन्दा अघि बाहुवली २ र पठान मात्रै रहेका छन् । ति फिल्मले क्रमश ५१२ र ५२५ करोडको हिन्दी नेट कलेक्सन गरेका थिए । अहिलेसम्मको ट्रेन्ड हेर्दा गदर २ ले ति दुबै फिल्मको रेकर्ड तोड्न सक्ने देखिन्छ । तर अर्को हप्ताकै साहरूख खानको मेगा बजेट फिल्म जवान रिलिज हुँदै छ । जसको कारण गदर २ को कलेक्सन मा ठुलो गिरावट आउन सक्छ । तर पनि गदर २ ले बक्स अफिसमा कमाइ भने जारी राख्ने अनुमान गरीएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech