फिल्मी फण्डा । गायक राजेशपयल राईको नया गित 'जुरेको लगन' बोलको भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा बिकास संगम राईको शब्द, बिक्रम राईको संगीत, बिशम आचार्यको एरेन्ज र राजु कार्किको मिक्स मास्टरिङ्ग रहेको छ । लेखेको भाबि मेटिदैन बोलको गीतको सफलता पछि त्यसैको सिक्वेलको रुपमा तयार पारिएको यस भिडियोमा एलिशा राई उत्तम राईको अभिनय रहेको छ ।
त्यस्तै भिडियोको नृत्य निर्देशकमा दिप सिके, डिओपिमा इश्वर सिन्केमाना, छायाँकनमा हिमाल श्रेष्ठ, सम्पादनमा सन्देश शाह रहेका छन् । भिडियोको निर्देशन सौरभ लामाले गरेका हुन् ।
उत्तम राई अफिसियल च्यानलमा मार्फत सार्वजनिक गरिएको भिडियोलाई काठमाडौको शाँखु नारारायणटार र भक्तपुरको पर्यटकियस्तल नगरकोट लगायतको ठाउमा छायाँकन गरिएको हो ।