दिपिका पादुकोणसँग रिसाए एनिमल निर्देशक, पाेखे भावना एक्समा

फिल्मी फण्डा। ‘कबीर सिंह’ र ‘एनिमल’ जस्ता फिल्म बनाएका सन्दीप रेड्डी वांगाले प्रभासको ‘स्पिरिट’बाट बाहिरिएपछि दीपिका पादुकोणलाई निशाना बनाएका छन् । हिजो राती उनले ट्विटरमा एक गुप्त पोस्ट साझा गरेका छन् ।

उनले दीपिकाको नाम लिएनन् तर उनीमाथि ‘फोहोर पीआर गेम’ खेलेको र उनको फिल्मको कथाको अंश खुलाएको आरोप लगाए। सन्दीप रेड्डी वांगाले सामाजिक सञ्जाल एक्समा लेखेका छन, ‘जब म कलाकारलाई कथा सुनाउँछु, म उसलाई शतप्रतिशत विश्वास गर्छु। हामी बीच नबोलिएको एनडिए (नॉन डिस्क्लोजर एग्रीमेंट) छ। तर, त्यसो गरेर तपाईले आफ्नो व्यक्तित्वलाई ‘खोलि’ दिनु भएको छ ।’ 

सन्दीपले थप लेखेका छन्, ‘युवा अभिनेतालाई निराश पार्ने र मेरो कथालाई छोडेर ? के यही हो तिम्रो नारीवाद ? एक फिल्म निर्माताको हैसियतले मैले आफ्नो कलाको पछाडि वर्षौंको मेहनत लगाएको छु र फिल्म निर्माण नै मेरो लागि सबैथोक हो। तिमीले यो कुरा बुझेनौ। तिमीले यो बुझ्ने छैनौ। यो तिमीले कहिल्यै बुझ्दैनौ।’उनले अन्तमा लेखेका छन, ‘यस गर, अर्को पटक पुरा कथा सुनाउनु किनकि मलाई कुनै वास्ता छैन। ’ भन्दै डर्टीपिआरगेम्स भन्दै ह्यासटयाग गरेका छन् ।


केही दिनअघि सन्दीप रेड्डी वांगाले दीपिका पादुकोणलाई ‘स्पिरिट’बाट हटाएको खबर आएको थियो । रिपोर्टका अनुसार दीपिकाको मागमा आठ घण्टा काम गर्ने समय, मोटो पारिश्रमिक र फिल्मको नाफामा हिस्सा समावेश छ । यो कुरा निर्देशकलाई मन परेन । हालै दीपिकाले आफ्नो कामको घण्टा घटाएर आफ्नो काम र व्यक्तिगत जीवनलाई सन्तुलनमा राख्ने प्रयास गरिरहेकी छिन् । यही निर्णयका कारण उनले फिल्म छाडिन् ।  ‘कल्कि २८९८ एडी’ पछि प्रभाससँग उनको यो दोस्रो सहकार्य हुने थियो। तर, दिपिकाले काम नगरे पनि सो फिल्ममा प्रभासको अपोजिटमा तृप्ति डिमरीलाई उनले लिएका छन् ।

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech