'गदर २'को बक्स अफिस धमाका : ४०० करोड क्लवमा प्रवेश

फिल्मी फण्डा । हिन्दी फिल्म 'गदर २' ले भारतीय बक्स अफिसमा रेकर्डतोड कमाइ गरीरहेको छ । फिल्मले रिलिजको १२ दिनमै ४०० करोड नेट कलेक्सन गर्दै नयाँ किर्तीमान कायम गरेको हो । यस अघि फिल्म 'पठान'ले पनि १२ दिनमै ४०० करोड कलेक्सन गरेको थियो । तर यहाँ 'गदर २' ले 'ओएमजि २ 'सँग प्रतिस्पर्धा गरी यति धेरै कमाइ गर्न सफल भएको छ । जुन कुरा 'पठान'को हकमा लागु हुदैन । किनकि 'पठान' सोलो रिलिज भएको थियो ।

गदर २ ले अहिलेसम्म विश्वब्यापि ५३० करोड कलेक्सन गरीसकेको छ । अझै यस फिल्मले लाइफटाइममा ५५० करोड हिन्दी नेट र ७०० करोड विश्वब्यापि कलेक्सन गर्ने अनुमान गरीएको छ । बक्स अफिसमा ट्रेण्ड हेर्दा फिल्म ५०० करोड माथि जाने निश्चित छ । तर सबैको ध्यान 'वाहुवली २'को हिन्दी नेट कलेक्सन ५१२ करोड र 'पठान'को हिन्दी नेट कलेक्सन ५२४ करोडको रेकर्ड 'गदर २'ले तोड्न सक्छ या सक्दैन भन्नेमा छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech