भारतीय बक्स अफिसमा 'गदर' मच्चाउँदै 'गदर २' : एक हप्तामै कमायो २८५ करोड

फिल्मी फण्डा । हिन्दी फिल्म 'गदर २' ले पछिल्लो एक हप्तादेखि बक्स अफिसमा रेकर्ड तोड कलेक्सन गर्दै आइरहेको छ । फिल्मले रिलिजको पहिलो हप्तामै २८५ करोड नेट कलेक्सन गरेको छ । यो 'पठान' पछिकै सबैभन्दा धेरै कलेक्सन हो । पठान एकल रिलिज थियो भने 'गदर ले 'ओएमजि २' को सामना गर्नु परेको थियो । यदि 'गदर २' पनि एकले रिलिज भएको भएर आज अल टाइम रेकर्ड गदर कै नाममा हुने थियो । 

गदर २ ले हरेक दिन रेकर्ड तोड ब्यापार गरीरहेको छ । यस फिल्मले 'पठान' र 'बाहुबली २'को लाइफ टाइम कलेक्सन लाई समेत ब्रेक गर्ने ट्रेड पण्डितहरूको अनुमान रहेको छ । गदर २ बाट ६५ बर्षिय सनी देवलले हिन्दी फिल्ममा कमब्याक गरेका छन् । पछिल्लो २ दशकदेखि फिल्मी करियरमा निरन्तर असफलता पाइरहेका सनीको गदर २ बाट जबरजस्त कमब्याक भएको छ । 

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech