'जेलर'ले कमायो ४ सय करोड, रजीनीकान्तको आफ्नै फिलम सँग प्रतिस्पर्धा

फिल्मी फण्डा । सुपरस्टार रजीनीकान्त अभिनित फिल्म जेलरले कमाइको मामलामा भारतीय बक्स अफिसमा नयाँ नयाँ रेकर्ड कायम गरीरहेको छ । १० अगस्टममा रिलिजभएको फिल्मले पहिलो ७ दिनमा ४१६ करोडको ब्यापार गर्दै अन्य स्टारहरुको सबै रेकर्डहरु ब्रेक गरेका छन् । यस अघि चियान बिक्रमको 'पोनीयन सेल्भन'ले पहिलो हप्तामा ३३० करोडको ब्यापार गरेको थियो । जेलरले उक्त रेकर्ड ५ दिनमै ब्रेक गरेको थियो । त्यस्तै कमल हसनको ब्लकबस्टर फिल्म 'बिक्रम'को लाइफटाइम कलेक्सन ४१५ पनि ७ दिनमै ब्रेक भएको छ ।

अहिले जेलरले रजीनीकान्तकै फिल्म '२.०' को रेकर्ड सँग प्रतिस्पर्धा गरीरहेको छ । उक्त फिल्ममा बलिउड स्टार अक्षयकुमार पनि भएको कारण हिन्दी मार्केटमा राम्रो ब्यापार गरेको थियो । त्यसैले उक्त फिल्मको रेकर्ड ब्रेक गर्न भने सम्भव छैन । तर जेलरको होम मार्केट अर्थात् तमिलनाडु, ओभरसीज र साउथको अन्य मार्केटहरुमा भने '२.०' को रेकर्ड ब्रेक भैसकेको छ । यता तेलुगु मार्केमा पनि जेलर '२.०' पछाडिनै रहेको छ । 

पछिल्लो २ फिल्म 'दरबार' र 'अन्नथे' फ्लप भएपछि हिट फिल्मको प्रतिक्ष गरीरहेका रजीनीकान्तलाई निर्देशक नेल्सन दिलिपकुमारले ब्लकबस्टर फिल्म दिएका छन् । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech