'पठान' सँग टक्कर लिँदै 'गदर २', के लाइफटाइम रेकर्ड तोड्न सक्ला ?

फिल्मी फण्डा । हिन्दी फिल्म 'गदर २' ले भारतीय बक्स अफिसमा तहल्का मच्चाएको छ । फिल्मले ५ दिनमै २२८ करोड नेट कलेक्सन गर्दै यस अघिका अधिकांश फिल्मको ५ दिने कमाइको रेकर्ड तोडेको छ । 'गदर २'ले पठानको रेकर्ड पछ्याइ रहेको छ, जसले ५ दिनमा २७० करोडको ब्यापार गरेको थियो । 'पठान' सोलो रिलिज भएको कारण त्यति कमाइ गर्न सफल रहेको थियो तर, 'गदर २' ले अक्षय कुमारको फिल्म 'ओ एम जि २' को कारण ओभर फ्लो भोग्नु परेको छ । यदि 'गदर २' एक्लै रिलिज भएको अवस्थामा अहिलेसम्म ३०० करोडको ब्यापार गर्ने भारतीय ट्रेड पण्डित हरुले दावि गरीरहेका छन् । 

यता 'गदर २'को राम्रो पक्ष के छ भने साधारण दिनहरुमा पनि 'पठान'को तुलनामा ५० प्रतिशत धेरै ब्यापार गरीरहेको छ, यदि यस्तै गतीमा गदर अघि बढिरह्यो भने 'पठान'को रेकर्ड तोड्न सक्ने अनुमान गरीएको छ । फिल्मले आज बुधबार मात्रै ३० करोडको ब्यापार गर्ने सम्भावना । बुधबारकै दिन 'पठान'ले १८ करोडको ब्यापार गरेको थियो भने 'बाहुबली २' ले २३ करोडको ब्यापार गरेको थियो । यसरी हेर्दा साधारण दिनहरुमा 'गदर २'ले 'बाहुवली' र 'पठान'लाई धेरै पछाडि छोडिदिएको छ । 

यदि समग्रमा हिन्दी फिल्मको बक्स अफिस हेर्ने हो भने सबैभन्दा धेरै कमाउने हिन्दी फिल्मको पहिलो नम्बरमा 'पठान' रहेको छ । पठान''ले ५२४ करोड हिन्दी नेट कमाइ गरेको थियो भने ६ बर्ष पुरानो फिल्म 'बाहुबली २' ५१२ करोड कमाउदै दोस्रो नम्बरमा रहेको छ । 'केजिएफ २' र 'दंगल' क्रमस तेस्रो र चौंथो स्थानमा रहेका छन् । अहिलेको अवस्था अनुसार 'गदर २' ले 'दंगल' र 'केजिएफ २'को रेकर्ड क्रेक गर्नेमा कुनै शंका छैन । तर 'बाहुवली' र 'पठान'को रेकर्ड तोड्न गदरले निरन्तर अहिलेको जस्तै सन्तुलनमा ब्यापार गर्नुपर्ने हुन्छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech