स्वतन्त्रता दिवसको दिन अक्षयले लिए भारतीय नागरिकता  

फिल्मी फण्डा । बलिउड नायक अक्षय कुमारले भारतीय नागरिकता लिएका छन् । २ दशक देखि क्यानडाको नागरिकता प्रयोग गर्दै आएका अक्षयले भारतको ७७ औं स्वतन्त्रता दिवसको अवसरमा आजबाट पुन भारतीय नागरिकता लिएका हुन् । 

उनले पछिल्लो दशकमा देश भक्तिमा आधारी फिल्महरु निर्माण तथा ति फिल्महरुमा अभिनय गर्दै आएका थिए । क्यानडाको नागरिक भएर भारतीय सेना, प्रहरी लगायतको भुमिकामा काम गरेर उनले देशभक्त नायकको छवि बनाएका थिए । त्यसैले उनलाई आलोचना गर्ने हरुले क्यानेडियन कुमार बनेर सम्बोधन समेत गर्दथे । क्यानडाको नागरिकता लिई भारतमा फिल्म बनाएर खोक्रो देशभक्ति देखाएको आरोप खेप्दै आएका अक्षयले अन्तत ति सबै आलोचकको मुख बन्द गरिदिएका छन् । 

आज भन्दा २ दशक अघि सन् २००० मा अक्षयले अभिनय गरेको फिल्महरु निरन्तर फ्लप हुन थालेपछि भविष्य सुरक्षित होस् भनि क्यानडाको नागरिकता लिएको कुरा यस अघि बताउँद्रै आएका थिए । केहि बर्ष अघि मात्रै उनले अब आफु भारतीय नागरिकता लिने तयारीमा लागेको जानकारी दिएका थिए । अक्षयले अहिलेसम्म क्यानडाकै पासपोर्टमा विदेश भ्रमण गर्दै आएका थिए । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech