रेकर्ड तोड ब्यापार गर्दै 'जेलर' : रजनिकान्तको ऐतिहासिक कमब्याक

फिल्मी फण्डा । १० अगस्ट बाट प्रदर्शनमा आएको तमिल सुपरस्टार रजनिकान्त अभिनित पछिल्लो फिल्म 'जेलर'ले बक्स अफिसमा धमाकेदार ब्यापार गरीरहेको छ । फिल्मले तमिलनाडुमा मात्र नभएर कर्नाटक, केरल र तेलुगु स्टेटमा पनि रेकर्ड तोड ब्यापार गरीरहेको छ । पहिलो दिनमै विश्वव्यापी ९१ करोड भारुको ब्यापार गरेको फिल्मले ओभरसीजमा पनि कमाइको मामलामा रेकर्ड कायम गरेको छ । फिल्मले पहिलो दिनमै ओभरसिज बाट ३५ करोडको ब्यापार गरेको थियो । जेलर रिलिज भएको ३ दिनमै धेरै रेकर्डहरू स्थापित गरिसकेको छ । फिल्मले तिन दिनमै २०० करोड बढिको विश्वव्यापी कमाइ गरेको छ, अहिलेसम्म रजनिकान्तकै २।० बाहेक अन्य फिल्मले २ दिनमा यति ब्यापार गर्न सकेको थिएन । उता फिल्मले कर्नाटक, केरल र तेलेगु स्टेटमा रेकर्ड ओपनिङ गरेको थियो । सम्भवत ति राज्य हरुमा जेलरको अल टाइम रेकर्ड बन्ने छ । 

सुपरस्टार रजनिकान्तको पछिल्लो फिल्महरु 'दरबार' र 'अन्नथे' बक्स अफिसमा असफल भएका थिए । यता निर्देशक नेल्सन दिलिप कुमारको पछिल्लो फिल्म बिट्स पनि बक्स अफिसमा असफल भएको थियो । फिल्मका नायक र निर्देशक दुबैलाई एक सफल फिल्मको आवश्यकता थियो । जेलर ले त्यो आवश्यकता पुरा गरिदिएको छ । 

फिल्ममा रजनिकान्तको अलावा मल्यालम सुपरस्टार मोहनलाल, हिन्दी फिल्मका सफल कलाकार ज्याकि श्राफ, कन्नड फिल्मका सुपरस्टार डा। शिवा राजकुमार, तमन्ना भाटिया, रमया किसन, सुनिल, योगी बाबु लगायत कलाकारहरुको मुख्य भुमिका रहेको छ । फिल्मलाई सन पिक्चर्सले निर्माण गरेको हो भने फिल्ममा अनिरुध रविचन्द्रम को म्युजिक रहेको छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech