बक्स अफिसमा 'गदर २' को तहल्का : पहिलो दिनमै ४० करोडको ब्यापार

फिल्मी फण्डा । २२ बर्ष अघि अर्थात् २००१ मा रिलिज भएको 'गदर' फिल्मले त्यस समयमा बक्स अफिसको सबै रेकर्ड तोड्दै अल टाइम रेकर्ड सेट गरेको थियो । उक्त फिल्म पछि टेलीभिजनमा प्रिमियर भएपछि पुरै भारतमा लोकप्रिय बन्न पुगेको थियो । आज पनि भारतीय दर्शकको मनमा 'गदर' फिल्मको लागि अलग्गै स्थान रहेको छ । त्यसैले होला त्यहि 'गदर' को सिक्वेल 'गदर २' ले २२ बर्ष पछि बक्स अफिसमा साँच्चै को गदर मच्चाएको छ । 

हिजो शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'गदर २' ले भारतीय बक्स अफिसमा धमाकेदार ब्यापार गरेको छ । पहिलो दिन फिल्मले भारतीय बक्स अफिसमा ४०.१ करोडको नेट र ४८ करोडको ग्रस ब्यापार गर्यो । उक्त फिल्मको ब्यापारलाई लिएर भारतीय फिल्मी ट्रेड आश्चर्यमा परेको छ । २ हप्ता अघि सम्म १५ करोडको प्रक्षेपण गरीएको फिल्मले एड्भान्स बुकिङ खुले लगत्तै जबर्जस्त ट्रेन्ड देखाएको थियो । रिलिज अगावै ३१ करोडको एड्भान्स बुकिङ गरेको फिल्मले तिन दिनमै १२५ देखि १३० करोडको ब्यापार गर्ने अनुमान गरिएको छ । यसै फिल्मको कारण अक्षय कुमारको फिल्म 'ओएमजि २' ले बक्स अफिसमा निकै संघर्ष गर्नुपरेको छ । उक्त फिल्मले पहिलो दिन मुस्किलले १० करोडको ब्यापार गरेको छ । 

'गदर २' ले १५ अगस्टमा पर्ने भारतीय स्वतन्त्रता दिवसको अवसरमा एेतिहासिक ब्यापार गर्ने अनुमान गरीएको छ । अनिल शर्माको निर्देशन रहेको फिल्म गदर २ मा शनि देवल, अमिसा पटेल उत्कर्ष शर्मा लगायत कलाकारको मुख्य भुमिका रहेको छ । फिल्मलाई जि स्टुडियो ले निर्माण गरेको हो । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech