'डन' बन्दै रणवीर सिंह

फिल्मी फण्डा । निर्देशक पहरान अख्तरले 'डन ३' निर्माण तथा निर्देशनको अफिसियल घोषणा गरेका छन् । रणवीर सिंह फिचर्ड एक मोसन टिजर सार्वजनिक गर्दै डन ३ को निर्माण घोषणा गरीएको हो । यस अघिको २ पार्टमा सुपरस्टार साहरूख खानले डनको भुमिकामा काम गरेका थिए । 

अमिताभ बच्चन बाट सुरु भएको डनको विरासत सहारुख हुँदै रणवीर सम्म आइ पुगेको छ । सन् १९७८ मा पहिलोपटक अमिताभ बच्चनले डन को भुमिकामा काम गरेका थिए । पछि साहरूखले सन् २००६ मा डनको नयाँ भर्सनमा काम मात्रै गरेनन् कि उनले त्यसको सिक्वेल समेतमा काम गरे । तर साहरूखले तेस्रो भागमा काम गर्न भने अस्विकार गरिदिए । त्यसैले रणवीर सिंहलाई डनको रोल अफर भएको थियो । भर्खरै रकि और रानी कि प्रेम कहानी फिल्म सफल भएपछि पुन स्टार लिगमा आएका रणवीर डन ३ अगाडि सञ्जय लिला भन्सालीको एक फिल्ममा काम गर्दै छन् । 

एक्सेल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्म डन ३ लाई रितेश सिद्वानी र फहरान अख्तरले मिलेर लगानी गर्दैछन् । फिल्म २०२५ सम्ममा रिलिज हुने छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech