फिल्मी फण्डा । यदि कुनै स्टारडम थाहा पाउनु छ भने एक पटक तेलुगु फिल्म उद्योगलाई हेरौं न । भोली ९ अगस्टमा तेलुगुका सुपरस्टार महेश बाबुको ११ बर्ष पुरानो फिल्म 'विजनेसम्यान' पुन रिलिज हुँदै छ । उक्त फिल्मले बक्स अफिसमा रेकर्ड एड्भान्स बुकिङ गरीरहेको छ । आफ्नो स्टारको ४८ औं जन्मदिनको अवसर पारेर फ्यानहरुले स्पेशल सो को आयोजना गरेका छन् । आफ्नो स्टारको जन्मदिनमा ११ बर्ष पुरानो ब्लकबस्टर फिल्मलाई पुन हलमा हेरेर सेलिब्रेट गर्दै छन् फ्यान हरु ।
जन्मदिनको अवसरमा पुरानो फिल्मको स्पेशल सो आयोजना गर्ने ट्रेण्डको सुरुवात पनि महेशकै फ्यानहरुले गरेका थिए । फ्यानहरुले एक बर्ष अघि महेशकै जन्मदिनको अवसरमा २००६ मा रिलिज भएको इण्डष्ट्रि हिट फिल्म पोकरीको स्पेशल सोको आयोजना गरेका थिए । पोकरी त्यहि फिल्मको जसको हिन्दी रिमेक 'वान्टेड'मा काम गरेर सलमान खानले आफुलाई बलिउडमा स्टारको रुपमा खडा गरेका थिए । त्यहि 'पोकरी' को रि रिलिजले नसोचेको सफलता प्राप्त गरेको थियो । 'पोकरी'ले रि रिलिजमै १।७३ करोडको ब्यापार गरेर सबैलाई आश्चर्यमा पारेको थियो । त्यसपछि अन्य स्टारका फ्यान लगायत पि आर टिम उक्त रेकर्ड तोड्न कम्मर कसेर लागी परेका थिए । त्यसपछि स्पेशल सो को ट्रेण्डनै स्थापित भएको थियो । पछि गएर अन्य स्टारको पुरानो फिल्महरु विभिन्न चरणमा रि रिलिज भएर नयाँ रेकर्ड कायम गर्न सफल भए ।
तर महेशका फ्यान हरु आफैले सुरु गरेको ट्रेण्डमा अरु कसैले रेकर्ड कायम गरेको सहँदैनन् । त्यसैले उनीहरुले विजनेसम्यानको स्पेशल सो मार्फत् नयाँ किर्तिमान स्थापित गर्न चाहान्छन् । उक्त फिल्मले एड्भान्स बुकिङमै सबै पुरानो रेकर्ड विस्थापित गरिसकेको छ । अब हेर्न बाँकि यो रहेको छ कि भोली ९ अगस्त मा महेश फ्यानहरुले कस्तो रेकर्ड स्थापित गर्छन् ।