'डन ३' बन्ने : साहरूखलाई रिप्लेस गर्दै रणवीर सिंह

फिल्मी फण्डा । सुपरस्टार साहरूख खानको ब्लकबस्टर सिरिज 'डन'को तेस्रो श्रृंखला बन्ने भएको छ । निर्देशक फहरान अख्तरले एक मोसन टिजर सार्वजनिक गर्दै  फिल्म निर्माणको घोषणा गरेका हुन् । तर यस फिल्ममा साहरूख खान भने हुने छैनन् । स्रोतका अनुसार 'डन ३' मा रणवीर सिंहले साहरूख लाई रिप्लेस गरेका छन् । अहिलेसम्म स्टारकास्टको घोषणा गरिएपनि फिल्ममा रणवीर हुने पक्का भैसकेको छ । निर्देशक फहरानले रणवीरको साथमा एक टिजरको समेत सुटिङ गरिसकेका छन् । उक्त टिजर 'गदर' फिल्मको साथमा रिलिज हुने बताइएको छ ।

'डन'को भुमिका पहिलोपटक सन् १९७८ मा अमिताभ बच्चनले काम गरेका थिए । डनको कथा फहरानकै पिता जावेद अख्तर र सलमान खानका पिता सलिम खानले मिलेर लेखेका थिए । उक्त फिल्मको तमिल रिमेक 'विल्ला'मा रजनिकान्तले १९८२ काम गरेका थिए, 'विल्ला'को पनि अर्को रिमेक तमिलमै बनेको थियो । २००७ मा प्रदर्शन भएको 'विल्ला'मा तमिल स्टार अजित कुमारले 'विल्ला'को भुमिकामा काम गरेका थिए । फेरी त्यसको पनि तेलुगु रिमेक बनेको थियो । 'बिल्ला' नै नाम राखेर निर्माण गरीएको उक्त फिल्ममा प्रभासले अभिनय गरेका थिए । तर यता हिन्दीमा भने फहरानले डनको क्लाइमेक्स परिवर्तन गरी सिरिज निर्माणको लागि ढोका खोलेका थिए । त्यसै अनुरुप उनले २०११ मा 'डन २' को निर्माण तथा निर्देशन गरेका थिए । 

फहरानले १२ बर्ष पछि 'डन ३' लाई साहरूखकै साथमा बनाउन चाहेका थिए, तर साहरूखले उक्त फिल्म गर्न इन्कार गरिदिएका थिए । 'डन' को राइट्स फरान र साहरूखले मिलेर खरीद गरेका थिए । त्यसैले उक्त फिल्म साहरूखको अनुमति विना बन्ने सम्भावना थिएन । त्यसै कारण साहरूखले फिल्ममा काम नगरेपनि आफुलाई फिल्म बनाउने अनुमति दिन फहरानले आग्रह गरेका थिए । त्यसै अनुरुप साहरूखले 'डन ३' निर्माणको अनुमति भने दिएका छन् । अब फहरानले रणवीरलाई 'डन'को रुपमा स्थापित गर्न सक्छन् या सक्दैनन् त्यो हेर्न २०२५ सम्म कुर्नुपर्ने भएको छ । 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech