फिल्मी फण्डा । साउथ फिल्मका सुपरस्टार रजनीकान्त र मेगास्टार चिरञ्जिवी आफ्नो फिल्म प्रदर्शनको प्रतिक्षामा रहेका छन् । तमिल फिल्मका सुपरस्टार रजनीकान्तको 'जेलर' फिल्म अगस्ट १० तारिखमा विश्वभर प्रदर्शन हुदै छ भने तेलुगु फिल्मका मेगास्टार चिरञ्जीवीको फिल्म 'भोला शंकर' ११ अगस्टमा प्रदर्शन हुँदै छ । आफ्नो आफ्नो उद्योगमा बलियो स्टारडम बनाएका यि दुइ स्टारहरूको फिल्म १५ अगस्टमा पर्ने भारतीय स्वतन्त्रता दिवसको अवसर पारेर प्रदर्शन हुन लागेका हुन् ।
ति दुई फिल्म अलग अलग उद्योगका भएका पनि बक्स अफिसमा भने प्रतिस्पर्धीको रुपमा हेरिने गरेको छ । पछिल्लो समय साउथकै फिल्महरूले एक अर्को उद्योगमा समेत बजार बिस्तार गरेका छन्, त्यसैलेपनि ति फिल्महरूको ब्यापारलाई लिएर विभिन्न अनुमानहरू गरीएको छ । फिल्मको ओपनिङ हेरेर स्टाडम मापन हुने भएकोले साउथका स्टारहरू आफ्नो फिल्मलाई छुट्टीको अवसर पारेर प्रदर्शन गर्ने गर्छन् । ओपनिङ मा असर नहोस् भनेर सकेसम्म एक दिनको फरक पारेर फिल्महरु प्रदर्शन गर्छन् ।
नेलशन दिलिपकुमारको निर्देशन रहेको फिल्म जेलर मा रजनिकान्तको अलावा मोहनलाल, ज्याकि श्रफ, शिव राजकुमार, तमन्ना भाटिया, सुनिल, रमया किसन र प्रियंका मोहन लगायत कलाकारहरुको अभिनय रहेको छ । उता तमिल फिल्मक 'भेदलम'को तेलुगु रिमेक भोला शंकरलाई मेहरा रमेशले निर्देशन गरेका हुन् । फिल्ममा चिरञ्जिवीको अलावा कृति सुरेश, तमन्ना भाटिया, मुरली शर्मा, भेनेला किशोर,ब्रम्हानन्दम, र सुशान्त लगायत कलाकारको अभिनय रहेको छ । साउथ फिल्ममा अलग्गै पहिचान स्टारडम कमाएका यि दुई स्टारहरूको फिल्म मध्ये कसले बक्स अफिसमा रेकर्ड स्थापित गर्लान् त्यो हेर्न भने बाँकि छ ।