फिल्मी फण्डा । सुपरस्टार साहरूख खानको बहुप्रतिक्षित फिल्म जवानको पहिलो गीत सार्वजनिक भएको छ । 'टि सिरीज' युट्युब बाट सार्वजनिक भएको गीतमा साहरूख, प्रियामनी र सानीया मल्होत्रा फिचर्ड छन् । इर्साद कामिलको शब्द रहेको गीतलाई अनिरुध रविचन्द्रले गायक छन्, गीतमा संगीत पनि उनकै रहेको छ । गीतको भिडियो निकै कलर फुल रहेको छ भने साहरूखले जबरजस्त नृत्य गरेका छन् ।
आगामी सेप्टेम्बर सातमा प्रदर्शन हुने फिल्मलाई साहरूख खानको निर्माण कम्पनि रेड चिल्लीले निर्माण गरेको हो । फिल्मको निर्माता साहारुख पत्नी गौरी खान हुन् । फिल्ममा साहारुख खान, सानिया मल्होत्रा, प्रियामनिको अलावा विजय, नयनतार, योगी बाबु लगायत कलाकारको मुख्य भुमिका रहेको छ ।