फिल्मी फण्डा । आगामी अगस्ट ११ मा प्रदर्शन हुने हिन्दी फिल्म 'गदर २' को ट्रेलर सार्वजनिक भएको छ । एक्सनले भरिपूर्ण फिल्मको ट्रेलरमा 'गदर एक प्रेम कथा'कै कहानीलाई निरन्तरता दिइएको छ । सार्वजनिक ट्रेलरमा सनी देवल एक्सन र धमाकेदार डाइलगका साथ प्रस्तुत हुन्छन् । आफ्नो छोरोलाई पाकिस्तानी सेनाले अपहरण गरेपछि पाकिस्तान सँग भिड्न पुगेका सनीले आफ्नो छोरोलाई आफ्नो देश भारत फर्काउँछन् या यसपटक उनको हार हुन्छ, त्यसको लागि फिल्म हेर्नुपर्ने हुन्छ ।
फिल्म प्रदर्शन हुन २ साता मात्रै बाँकि रहँदा ट्रेलर सार्वजनिक गरीएको हो । गदर अगस्ट ११ मा अक्षय कुमारको 'ओ एम जि २' सँग भिड्दै छ । उक्त भिडन्तमा कसले बाजि मार्लान् त्यो त फिल्म प्रदर्शन भएपछि नै थाहा होला । पछिल्लो समय भारतीय बक्स अफिसमा अक्षय कुमारको जादु चल्न छोडिसकेको छ, उनको लगातार ७ फिल्म बक्स अफिसमा डिजास्टर भकाए छन् । उता सनी देवलको पनि बक्स अफिसमा खासै कुनै क्रेज छैन, उनि फ्लप भएको दशकौं बितिसकेको छ । कलाकारिता छोडेर राजनीतिमा लागेका सनी अब गदर २ मार्फत् कम ब्याक गर्दै छन् ।
अनिल शर्माको निर्देशन रहेको फिल्म गदरमा सनी देवल का अलावा अमिसा पटेल, निर्देशक अनिलका छोरा उत्कर्ष शर्मा, सिम्रत कौर लगायत कलाकारको अभिनय रहेको छ । सन् २००१ मा प्रदर्शन भएको गदर एक प्रेम कथाले त्यस समय कमाइको मामलामा बक्स अफिसमा नयाँ रेकर्ड कायम गरेको थियो ।