फिल्मी फण्डा । आज माघ ४,बाट दुई नेपाली फिल्म ‘फिरफिरे फिरिरी’ र ‘एक्टर’ हलमा प्रदर्शनमा आएका छन्। प्रचार-प्रसारको कमजोर तयारीले गर्दा दुवै फिल्मले सीमित शोहरूसँग प्रदर्शन थालेका छन्।
नवीन भट्टको निर्देशनमा बनेको ‘फिरफिरे फिरिरी’ हरर जनराको फिल्म हो। यो फिल्म निर्देशक भट्टको पहिलो प्रयास पनि हो। मनोज कुमार अधिकारीको निर्माणमा तयार भएको फिल्ममा मनोज आफैंसँगै सन्दिप श्रेष्ठ, भावना उप्रेती, रबिना केसी, शंकर शेढाइ, पुष्प अवस्थी, र सूर्यमान लिम्बु मुख्य भूमिकामा छन्। फिल्मको कथा निर्देशक भट्ट र अभिनेता सन्दिप श्रेष्ठले मिलेर तयार गरेका हुन्।
मदन घिमिरेको निर्देशनमा बनेको ‘एक्टर’ पुराना निर्देशकको नयाँ काम हो। मनोहरी थापाको निर्माण रहेको यो फिल्ममा सम्राट थापाले कथा र संगीत दिएका छन्। कृष्ण मल्ल, सरोज खनाल, प्रिन्स थापा, शिवानी गिरी, कशिस दाहाल, शिभु शाह, र महेन्द्र मैनाली मुख्य भूमिकामा छन्।
दुवै फिल्मले फरक स्वाद प्रस्तुत गरे पनि, हलसम्म दर्शकलाई तान्न सक्ने ताकत छ कि छैन भन्ने कुरा अबको केही दिनले देखाउनेछ। अहिले भने यी दुई फिल्म आफ्नो भाग्यको परीक्षणमा छन्।