अक्षय कुमारको ‘स्काई फोर्स’ सिनेमाको ट्रेलर रिलिज, भारत-पाकिस्तान युद्धको कथा प्रस्तुत गर्दै

फिल्मी फण्डा । बलिउड सुपरस्टार अक्षय कुमारको मुख्य भूमिका रहेको आगामी सिनेमा ‘स्काई फोर्स’को ट्रेलर आइतबार सार्वजनिक भएको छ। यो सिनेमाले भारत र पाकिस्तानबीचको युद्धको कथा प्रस्तुत गर्दै भारतको पहिलो एयर स्ट्राइक र त्यस क्रममा बेपत्ता भएका सैनिकहरूको संघर्षलाई उजागर गर्दछ।

ट्रेलरमा वीर पहारिया एयर स्ट्राइकका क्रममा बेपत्ता भएको सैनिक पाइलटको भूमिका निभाएका छन्। अभिनेत्री सारा अली खानले बेपत्ता सैनिकको पत्नीको भूमिका निभाउँदै एयर स्ट्राइक पाइलट लिडर अक्षय कुमारसँग आफ्ना श्रीमानको खोजी गर्न दबाब दिइरहेका छन्।

देशभक्ति र संघर्षको भावनाले भरिएको यो सिनेमाले दर्शकलाई उत्साहित पार्न सफल भएको छ। ‘स्काई फोर्स’ म्याडक फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो र यो सिनेमाले आगामी २४ जनवरीदेखि विश्वभरका सिनेमाघरमा आफ्नो यात्रा शुरु गर्नेछ।

अक्षय कुमार, वीर पहारिया र सारा अली खानसँगै निम्रत कौरले पनि महत्वपूर्ण भूमिका निभाएका छन्। सिनेमालाई सन्दीप केल्वानी र अभिषेक अनिल कपुरले निर्देशन गरेका छन्, जबकि दिनेश विजन, अमर कौशिक, ज्योति देशपाण्डेय र सहिल बबीर खानले निर्माण गरेका छन्।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech