'कांगूवा'को टिजर सार्वजनिक, यस्तो खतरनाक लुक्समा देखिए सुर्या

फिल्मी फण्डा । तामिल फिल्म उद्योगमा बनेको प्यान इण्डिया फिल्म 'कांगूवा'को ग्लिम्पस् टिजर सार्वजनिक भएको छ । सुर्याको जन्मदिनको हवसर पारेर २३ जुलाई अर्थात् आएतबार सार्वजनिक गरीएको टिजरमा सुर्याको एक झलक मात्रै देखाइएको छ । ऐतिहासिक कथामा आधारित रहेको फिल्ममा 'भि एफ एक्स' को निकै प्रयोग गरीएको छ । त्यसैले भिज्युल निकै आर्कषक देखिएको छ, साथै एक्सन सिनहरुमा प्रयोग गरीएको सिजिआईले दर्शकको आँखालाई आनन्दित पार्छ । टिजरको ब्याक राउण्डमा स्टार म्युजिसियन डि एस पि को बिजिएमले दर्शकलाई निकै उत्साहित पार्छ । सार्वजनिक टिजरलाई हिन्दी, तामिल, तेलुगु, मल्यालम र कण्नड भाषामा हेर्न सकिन्छ । 

फिल्म कांगुवालाई शिवाले निर्देशन गरेका हुन् । उनले यस अघि थला अजित सँग 'भेदलम', 'भिबेगम' र 'विश्वासम' लगायत सुपर हिट फिल्मको निर्देशन गरिसकेका छन् । 'स्टुडियो ग्रिन' र 'यु भि क्रियसन'को ब्यानरमा बनेको फिल्मलाई गन्नाभेल राजले लगानी गरेका हुन् । फिल्ममा सुर्याको अलावा दिसा पटानी, योगी बाबु, आनन्दराज, रवि रागबेन्द्र लगायत कलाकारको मुख्य भुमिका रहेको छ । फिल्मलाई २०२४ को मध्य सम्ममा प्रदर्शन गर्ने तयारी गरीएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech