फिल्मी फण्डा । प्रसिद्ध अमेरिकन युट्युबर मिस्टर बिस्ट (जिनको वास्तविक नाम जिमी डोनाल्डसन हो) ले हालै आफ्नो प्रेमिका थिया बोयसेनसँग इन्गेजमेन्ट गरेका छन्। उनले क्रिसमसको अवसरमा एक तस्बिर शेयर गरेका थिए, जसमा उनी थियालाई घुँडा टेकेर प्रपोज गर्दै देखिन्छन्।
२६ वर्षका जिमी डोनाल्डसन, जो युट्यूबमा मिस्टर बिस्ट नामले प्रसिद्ध छन्, विश्वका सबैभन्दा चर्चित युट्युबरहरूमध्ये एक मानेन्छन्। उनका युट्यूब च्यानलमा झन्डै ३४ करोड सब्सक्राइबर छन्।
मिस्टर बिस्ट बालबालिका र युवाहरूमा अत्यधिक लोकप्रिय छन्। उनका इन्स्टाग्राममा ६ करोड ४० लाख र एक्स (पूर्व ट्विटर) मा ३ करोड १ लाख फलोअर्स छन्।
थिया बोयसेन, जो दक्षिण अफ्रिकाकी इन्फ्लुएन्सर पनि हुन्, थियाविष्टी नामक युट्यूब च्यानल चलाउँछिन्, जसमा करिब ४० हजार सब्सक्राइबर छन्। यो जोडीको इन्गेजमेन्टले सोशल मिडियामा ठूलो चर्चा सिर्जना गरेको छ।
स्रोत:- रोतोपाटि