प्रमोद खरेलको ‘हारिसकें’मा पूजा शर्मा र बादल(भिडियोसहित) 

फिल्मी फण्डा । गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । यो गीतलाई बादल घिमिरेले लेखेका हुन ।   ऋषि खड्काको संगीत रहेको उक्त गीतमा एरेन्ज विशाल निरौलाको रहेको छ ।

निकेश खड्का निर्देशित गीतको भिडियोमा पूजा शर्मा, बादल घिमिरे र कृष्ण पोखरेल फिचर्ड छन् । भिडियोमा प्रेमिल पल र बिछोडको पीडाको कथा प्रस्तुत गरिएको छ ।

भिडियोमा उत्तम हुमागाईंको छायांकन र विकास धमलाको सम्पादन छ । गीत ‘कृष्ण पोखरेल अफिसियल’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech