फिल्मी फण्डा ।एमटीभीको चर्चित भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’ सिजन ५ बाट चिनिएकी दिकिला शेर्पाले नेपाली चलचित्रमा डेब्यु गर्ने भएकी छिन् । रोहित अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘माइतीघर’मा उनी अनुबन्धित भएकी छन् ।
उक्त रियालिटी शोबाट भारतस्थित नेपालीभाषी समुदाय र नेपाली युवापुस्तामाझ पनि दिकिलाको लोकप्रियता छ । गतसाता युट्युवमा रिलिज भएको एकदेव लिम्बुको गीत ‘झिम झिमाउने आँखा’मा पनि दिकिलाको अभिनय छ । यो गीत युट्युवुको ग्लोबल चार्टबस्टरमा स्ट्रिमिङ भएको थियो ।
निर्माता अधिकारीले ‘माइतीघर’मा शेर्पालाई साइन गराइएको जानकारी दिए ।