‘पुष्पा-२’मा अल्लु अर्जुनको आवाज दिएका श्रेयस भन्छन् -अहिलेसम्म अल्लु अर्जुन भेटेको छैन 

फिल्मी फण्डा । बक्स अफिसमा ऐतिहासिक व्यापार गरेको फिल्म  ‘पुष्पा २’को हिन्दी भर्सनमा अल्लु अर्जुनको स्वरको डबिङ गरेका कलाकार श्रेयस तालपडेको अहिले चर्चा भइरहेको छ । 

श्रेयसको स्वरले दर्शकको माया पाइरहँदा उनले भने अहिलेसम्म अल्लु अर्जुनलाई भेटेका छैनन् । अर्जुनलाई नभेटेपनि श्रेयसको कामलाई दर्शकले निकै रुचाएका छन् । उनको स्वर अल्लुको डबिङ भर्सनमा निकै सुहाएको छ । श्रेयसले अहिलेसम्म अन्य कलाकारका लागि डबिङ गरेका छैनन् । 

श्रेयस आफूले पाएको प्रतिक्रियाबाट निकै खुशी रहेको बताउँछन् । ‘दर्शकले जुन तरिकाले आफ्नो स्वरलाई मन पराएका छन्, त्यसबाट निकै खुशी छु ।’ श्रेयसले भारतीय मिडियासँग भनेका छन् । सुरुवातमा दर्शकबाट कस्तो प्रतिक्रिया आउँछ भन्ने कुराले उनलाई तनाव भएको थियो ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech