दिपेश रोक्का । गायक प्रमोद खरेलको स्वरमा रहेको ‘किन रूनु हुन्न र मर्दले’ बोलको गित सार्वजनिक गरिएको छ ।
प्रेम र बिछोडको कुरालाई भिडियोमा देखाउन खोजिएको छ । सार्वजनिक गरिएको म्युजिक भिडियोमा विक्रम बुढाथोकी र एलिना रायमाझीको अभिनय रहेको छ ।
राम शर्माको शब्द रहेको गितमा रोशन सिंहको संगित र गायक प्रमोद खरेलको स्वर रहेको छ । कथा र निर्देशन बिक्रम चौहानको रहेको छ ।
बुद्ध थापाको छायांकन रहेको भिडियोमा लक्ष्मण चौहानले सम्पादन गरेका हुन् । संचारकर्मीसमेत रहेका लक्ष्मण शर्माको भिडियोमा लगानी रहेको छ । ‘आरएल क्रियसन’ युट्युब च्यानलमा भिडियो सार्वजनिक भएको छ ।
Video link https://youtu.be/tI00XR9pNCI?si=aHsyuJrwXWUJhjiV