‘पूर्णबहादुरको सारङ्गी’ले १० दिनमा अमेरिकामा कमायो ५ लाख डलर

फिल्मी फण्डा  । सर्वकालीन ब्लकबस्टर ‘पूर्णबहादुर सारङ्गी’ले डायस्पोरामा समेत उछाल कमाइ गरिरहेको छ । विजय बराल स्टारर फिल्मले अमेरिकामा एकपछि अर्को कीर्तिमान रचिरहेको छ ।

वितरण कम्पनी नेपाल इलेभेन इन्टरटेनमेन्टले अमेरिकामा प्रदर्शनको १० दिनसम्मको कलेक्सन सार्वजनिक गरेको छ । जसअनुसार फिल्मको कुल कलेक्सन ५ लाख डलर ९करिब ६ करोड ७५ लाख रुपैयाँ० छ । नोभेम्बर ८ मा रिलिज भएको थियो ।

वितरक प्याट्रिक सुवेदीले २०० भन्दा धेरै शोबाट फिल्मले उक्त कमाइ गरिरहेको बताए । गत शनिबार फिल्मले २२६ शोसहित सर्वाधिक शो पाउने नेपाली फिल्मको कीर्तिमान रचेको थियो ।

अहिले अमेरिकाभरका ६६ हलमा २०० हाराहारीको शोसहित प्रदर्शनरत छ । बक्स अफिसमा पहिलोपटक बृहतरुपमा प्रदर्शनमा आएको फिल्मले नेपाली समुदायको बाक्लो बसोबास रहेको टेक्सास, पेन्सिलभेनिया र ओहायोमा उच्च कमाइ गरेको छ ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech