फिल्मी फण्डा । तेस्रो सातामा प्रदर्शनरत ब्लकबस्टर फिल्म पूर्णबहादुरको सारंगीु मा समावेश ुचरीु बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ।
सोमबार रिलिज गीतमा पुष्पन प्रधान र विज्ञानी पराजुलीको स्वर सुन्न सकिन्छ। शब्द र संगीत प्रशान्त शिवाकोटीको छ। एरेन्ज बिशम आचार्यले गरेका हुन्।
सरोज पौडेल निर्देशित ‘पूर्णबहादुरको सारंगी’ मा विजय बराल, प्रकाश सपुत, अञ्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, माओत्से गुरूङ, अलिशा बास्तोला लगायत कलाकारको अभिनय छ।
फिल्मले आइतबारसम्म ३५ करोडमाथिको ग्रस कलेक्सन गरेको छ।