फिल्मी फण्डा । कन्नड फिल्म बाट उदाएका निर्देशक प्रशान्त निल अहिले साउथका सुपरस्टार हरुको सबैभन्दा रोजाइका निर्देशक बनेका छन् । केजिएफ र केजिएफ २ ले ऐतिहासिक सफलता प्राप्त गरेपछि एकाएक डिमाण्डमा आएका प्रशान्तले अहिले साउथको सबैभन्दा चर्चित स्टारहरू सँग काम गर्ने अवसर प्राप्त गरका छन् । केजिएफ हिट भएपछि तेलुगुका धेरै स्टार हिरोहरूले उनलाइ आफु सँग काम गर्न अफर दिएका थिए । त्यसै अन्तर्गत उनले केजिएफ २ प्रदर्शन हुनुअघि नै प्रभासलाई लिएर सलार फिल्म निर्माणको घोषणा गरेका थिए । उक्त फिल्म प्रदर्शनको तयारीमा रहेको छ । भर्खरै सार्वजनिक भएको सलारको टिजरले सोसल मिडियामा तहल्का मच्चाएको थियो ।
उनै प्रशान्तले अब तेलुगु फिल्मका मेगा स्टार चिरञ्जीवि र उनको छोरा राम चरणलाई लिएर फिल्म निर्देशन गर्ने भएका छन् । प्रशान्तले चिरञ्जीवीको इच्छा अनुरुप छोरा र उनलाई एकै फिल्ममा खेलाउन लागेका हुन् । छोरा सँगै एक फिल्ममा खेलेर बक्स अफिसमा इतिहास रच्ने चिरञ्जीवीको सपना अब प्रशान्तले पुरा गर्ने भएका छन् । यस अघि पनि चिरञ्जीवीको उक्त सपना पुरा गर्न कोरटला सिवाले आचार्य फिल्मको निर्देशन गरेका थिए । तर उक्त फिल्म बक्स अफिमा डिजास्टर भएपछि चिरञ्जीवि हच्किएका थिए । त्यसपछि चिरञ्जीविले कम बजेको फिल्ममा मात्र काम गर्दै आइरहेका छन् ।
प्रशान्तले सलार प्रदर्शनपछि जुनियर एनटिआर सँग पनि एक फिल्म निर्देशन गर्दै छन्, त्यसपछि उनि केजिएफ ३ र सलार २ को निर्देशन गर्नेछन् । स्रोतका अनुसार प्रशान्त सुपरस्टार महेश बाबु सँग पनि काम गर्न चाहान्छन्, एक कहानी लिएर उनि महेश बाबु कहाँ पनि गएका थिए । तर महेशले प्रशान्तको कहानि चित्त नबुझेपछि फर्काइदिएका थिए । एसएस राजमौलीको फिल्ममा काम गर्ने तयारीमा रहेका महेश त्यसपछि प्रशान्त निलको फिल्म देखिने सम्भावना छ । साथै प्रशान्त र अल्लु अर्जुनले पनि एक फिल्ममा सँगै काम गर्ने चर्चा चलिरहेको छ । अब चिरञ्जीवि र रामा चरणको फिल्मको नम्बर कहाँनेर आउँछ त्यो हेर्न बाँकि छ ।