करिनासँग विवाह गर्दा सैफलाई ज्यान मार्ने धम्की

फिल्मी फण्डा ।  सैफ अली खानले करिना कपुरसँग विवाहको घोषणा गर्दा आफूलाई धम्की आएको बताएका छन् । दुवैको परिवारलाई हानी गरिने धम्कीमा भनिएको थियो । यद्यपि, उनीहरूले यी धम्कीहरूलाई बेवास्ता गरे र अक्टोबर २०१२ मा एक निजी समारोहमा विवाह गरे।

रेडिफको एक अन्तर्वार्तामा सैफले भनेका थिए– हाम्रो विवाहबाट केही मानिसहरू खुसी थिएनन् । मेरो ससुरा (रणधीर कपूर) लाई अज्ञात व्यक्तिहरूबाट केही चिठीहरू प्राप्त भएको थियो। जसमा उनीहरूले हाम्रो परिवारलाई हानि पुर्‍याउने र बम पड्काउने दाबी गरिएको थियो ।

अभिनेताले आफूलाई यी सबै कुराले कुनै असर नगरेको बताए । किनभने जब उनका बाबुआमा मन्सूर अली खान पटौदी र शर्मिला टैगोरको विवाह भयो तब परिवारले पनि यस्तै कुराको सामना गर्नुपरेको थियो । उनले भनेका थिए– मलाई यी कुराले केही फरक परेन । धम्की दिनु र कार्यान्वयन गर्नु दुई फरक कुरा हुन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech