सञ्जय लीला भन्सालीको फिल्म  ‘लभ एन्ड वार’को सेट तयार

फिल्मी फण्डा।  सञ्जय लीला भन्सालीको निर्देशनमा बन्न लागेको बलिउड चलचित्र लभ एन्ड वारको छायांकन छिट्टै सुरु हुँदैछ । आलिया भट्ट, रणवीर कपुर र विक्की कौशल अभिनित यस फिल्मको सेट मुम्बईको फिल्म सिटीमा तयार भएको छ ।

बलिउड हंगामाको रिपोर्ट अनुसार फिल्म सिटीको स्टुडियो ५ मा फिल्मको सेट तयार भइसकेको छ । सेटलाई ऐतिहासिक बनाइएको छ। सञ्जय लीला भन्सालीले नोभेम्बर ७ बाट यहाँ सुटिङ सुरु गर्दैछन् । फिल्मको पहिलो सेड्युल रणवीर कपुरसँग सुरु हुँदैछ । विक्की कौशल एक सातापछि सुटिङको हिस्सा हुनेछन् भने आलिया भट्टले डिसेम्बरबाट आफ्नो भागको सुटिङ सुरु गर्नेछिन् ।

पहिलो सेड्युलमा मुख्य कलाकारबाहेक ५० कलाकारलाई समावेश गरिएको छ, जसले सैनिकको भूमिका निर्वाह गर्नेछन् । फिल्म लभ एन्ड वार युद्धमा आधारित फिल्म हो ।

  

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech