नव्याश्रीको म्युजिकल सर्ट फिल्म ‘महाकाली’ भिडियो सार्वजनिक

फिल्मी फण्डा ।  नव्याश्रीको लेखन तथा निर्माण गरिएको म्युजिकल म्युजिकल सर्ट फिल्म ‘महाकाली’ सार्वजनिक गरिएको छ ।शिव र पार्वतीको पौराणिक कथा प्रस्तुत गर्ने म्युजिकल सर्ट फिल्ममा नव्याश्री, लोमश शर्मा, राजकुमार थापा र प्रकाश कँडेलको अभिनय छ । नव्याश्रीले यसमा काली र पार्वती दुवैको भूमिका निर्वाह गरेकी छन् भने लोमशले शिवको भूमिका निर्वाह गरेका छन् ।

एलिना चौहान र श्रीधर अधिकारीको गायन तथा श्रीधरको भने संगीत रहेको म्युजिकल फिल्ममा रामजी राउत एसोसिएट निर्देशक हुन् ।भिडियोमा सुरेश पाण्डेको कोरियोग्राफी, श्रीकृष्ण श्रेष्ठको भीएफएक्स, मदन कश्यप घिमिरेको छायांकन र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ । ‘महाकाली’ ‘ओएसआर डिजिटल’ युट्युब च्यानलबाट मंग्लबार सार्वजनिक भएको हो ।

बाल्यकालदेखि नै अभिनयमा लगाव राख्ने नव्याश्री भारतको दार्जीलिङकी स्थायी बासिन्दा हुन् । उनले १४ वर्षको उमेरमा ‘प्लानेट मिस इण्डिया वर्ल्ड २०१८’ को उपाधि जितिसकेकी छन् ।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech