फिल्मी फण्डा । शाहरुख खान र सलमान खान अभिनित ‘करण अर्जुन’ बलिउडको प्रतिष्ठितमध्येको फिल्म हो । राखी, काजल, ममता कुलकर्णी, अमरिस पुरीसहितका कलाकार समावेश यो फिल्मका आफ्नै खाले कल्ट–फ्यान छन् ।
राकेश रोशन निर्देशित यो फिल्म ७ मंसिर (२२ नोभेम्बर २०२४) मा विश्वव्यापी रूपमा पुनः रिलिज हुने भएकाले फ्यान उत्साहित छन् । प्रदर्शनको ३० वर्षपछि भारतका सिंगल र मल्टिप्लेक्ससहित विश्वभर एकैसाथ फिल्म ल्याउने रोशनको तयारी छ ।
पछिल्लो समय नेपालमा समेत बलिउडका पुराना फिल्मको पुनः प्रदर्शन भइरहेको बेला ‘करण अर्जुन’ समेत नेपालमा पनि आउने अनुमान गरिएको छ । अभिनेता सलमान खानले सन् १९९५ को यो कल्ट–क्लासिक फिल्मको पुनः प्रदर्शन हुने जानकारी दिंदै नयाँ टिजर सार्वजनिक गरेका छन् ।
एक मिनेट लामो टिजरले दर्शकलाई पुनर्जन्म र बदलाको स्मृतिमा लैजान्छ । यो पोस्टको क्याप्सन उल्लेख छ, ‘राखीजी ने सही कथा फिल्में मे मेरे करण अर्जुन आएंगे नोभेम्बर २२ मा संसारभरका फिल्म हलमा ।’