फेरि परिवर्तन भयो 'पुष्पा २' को रिलिज डेट

फिल्मी फण्डा । दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दना अभिनीत प्रतिक्षित फिल्म 'पुष्पा २: द रूल' को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। 

बिहीबार अल्लू अर्जुनले आफ्नो इन्स्टाग्राममा एक पोस्टर सार्वजनिक गर्दै फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरेका हुन्। ६ डिसेम्बरमा प्रदर्शन हुने भनिएको फिल्म अब ५ डिसेम्बरमै प्रदर्शन हुनेछ। यसअघि १५ अगस्ट २०२४ (साउन ३१) मा रिलिज हुने भनिएको फिल्म चार महिना पछाडि सारिएको थियो।

सुकुमार बान्द्रेडीको लेखन एवं निर्देशन रहेको यो फिल्म निर्माण घोषणादेखि नै निकै चर्चा र पर्खाइमा छ।

फिल्ममा अल्लु र रश्मिकाका साथमा फहद फासिल, धनुञ्जय, राव रमेश, सुनिल, अनसूया भारद्वाज र अजय घोषको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यलमाञ्चिली फिल्मको निर्माता हुन्।

यो फिल्म सन् २०२१ मा रिलिज भएको फिल्म 'पुष्पा: द राइज' को सिक्वेल हो।

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech