फिल्मी फण्डा । चलचित्र तेल भिसाको फिल्म 'तेल भिसा' को गीत कति रमाइलोु सार्वजनिक गरिएको छ। मंगलबार रिलिज गीतमा विपिन कार्की र वर्षा राउतसँगै थुप्रै कलाकारहरू देखिएका छन्।
पूजा चन्द, सुशील क्षेत्री, ऋचा घिमिरे, दीलिप रायमाझी, अरूणिमा लम्साल, उषा पौडेल, विमलेश अधिकारी, अनुराग कुवँर लगायत कलाकारहरूलाई पनि भिडियाेमा देख्न सकिन्छ।
यो गीतमा अन्जु पन्त र आशिष अविरलको स्वर छ। आशिषकै संगीत रहेको गीतका शब्द एकनारायण भण्डारीका हुन्। अमेरिकामा खिचिएको भिडिओलाई शिशिर खातीले कोरियोग्राफी गरेका छन्।
तेल भिसा लाई शंकर घिमिरेले लेखन तथा निर्देशन गरेका हुन्। यसमा विपिन कार्की, वर्षा राउत, ऋचा घिमिरे, बुद्दि तामाङ, पूजा चन्द लगायतको शीर्ष अभिनय छ। ऋचा र पूजाले लामो समयपछि यही फिल्मबाट कमब्याक गरेका हुन्। सुशील, दीलिप, अरूणिमा, उषा लगायतका कलाकारहरूले भने गीतमा मात्रै अभिनय गरेका हुन्।
ऋचा घिमिरे प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा अनिल पाण्डे र शिवराज कार्की छन्। विपिन कार्कीले फिल्ममा बृद्ध र जवान गरी दुईवटा चरित्र निर्वाह गरेका छन्। फिल्म मंसिर ७ गते रिलिज हुनेछ।
video link
https://youtu.be/D8n4Muslqbw?si=l6rh3-28TDpZo2vi