एक्सनप्रधान फिल्म ‘देववाणी’को टिजर सार्वजनिक(भिडियोसहित)

फिल्मी फण्डा । फिल्म ‘देववाणी’को टिजर सार्वजनिक भएको छ । बाबु बलामीको निर्देशन रहेको एक्सनप्रधान फिल्मको टिजर सार्वजनिक भएको हो ।

मौसम फिल्म्स प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा कुन्दन भारद्वाज, सुनिल थापा, रवीन्द्र झा, ध्रुव कोइराला,अनुजा लेप्चा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिना, ह्यारी र मौसम पौडेलको  अभिनय छ ।

नेपालको सिमरा, वीरगन्ज, इटहरी र काठमाडौं तथा भारतका केही स्थानमा छायांकन गरिएको फिल्ममा नीराजन मेहता मन्जिलको पटकथा तथा संवाद, हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व, रामजी लामिछाने र तेन्जु योञ्जनको नृत्य, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत छ ।फिल्ममा मीना खड्का र हीराबहादुर लेप्चा निर्माता छन् । 

 

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech