‘गाउँ आएको बाटो’ हङकङमा प्रदर्शन हुने 

फिल्मी फण्डा । नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ हङकङमा प्रदर्शन हुने भएको छ । आइतबार स्थानीय गोल्डेन सिन सिनेमामा यो फिल्मको विशेष प्रदर्शन गर्न लागिएको हो ।

सोही कम्पनीले पहिलोपटक नेपाली फिल्मको वितरण अधिकार समेत पनि खरिद गरेको छ । स्क्रिनिङमा सहभागि हुन निर्देशक सुब्बासहित कलाकार प्रसन राई, पशुपति राई लगायत त्यसतर्फ जाँदैछन् । निर्माता राई सातादेखि नै त्यहाँ छन् ।

निर्देशक सुब्बाले चिनियाँ दर्शकलाई लक्षित गरी पहिलोपटक नेपाली फिल्मको स्क्रिनिङ गर्न लागिएको बताए ।


© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech