१२ गाउँ' को गीत 'यो मनले' युट्युबमा सार्वजनिक (भिडियो सहीत )

फिल्मी फण्डा । प्रदर्शनरत फिल्म '१२ गाउँ' को गीत 'यो मनले' सार्वजनिक गरिएको छ। फिल्म रिलिजको हप्ता दिनपछि यो गीतलाई युट्युबमा रिलिज गरिएको हो। 

अर्जुन पोखरेलको संगीत रहेको यो रोमान्टिक गीतको शब्द मुक्त उदासले लेखेका हुन्। शाहिद माल्या र सञ्जीवनीले यसमा स्वर दिएका छन्। 

भिडिओमा अभिनेता विराज भट्ट र डेब्यु अभिनेत्री न्यान्सी खड्का फिचर्ड छन्। 

'१२ गाउँ' दसैं फूलपातीको अवसर पारेर असोज २४ गते रिलिज भएको हो। यो फिल्मबाट विराजका छोरा समीर भट्टले डेब्यु गरेका छन्। देशभरका हलमा फिल्मले आक्रामक व्यापार गरिरहेको छ। चलचित्र बिराज भट्टले निर्देशन गरेक हुन् । 

https://youtu.be/9a69ruMjyBA?si=8rezYhdBZHIEHBYv

© 2021 filmyfanda.com  |  All Rights Reserved.  | Developed by : journeyfortech